३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ?

तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ?
अ+ अ-

काठमाडौं । फिफा विश्वकपको २३ औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा आजबाट सुरु भएको छ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यसअघि २२ संस्करण सम्पन्न भइसकेका छन् । र, यसबीचमा ८० वटा फरक देशले विश्वकपको मञ्चमा आफ्ना चुनौती प्रस्तुत गरेका छन् ।

विश्वकप इतिहासमा ५ पटक उपाधि जितेको दक्षिण अमेरिकी देश ब्राजिल सबभन्दा सफल टिम हो । उपाधि जित्ने मामिलामा मात्र नभई ब्राजिल सहभागिता, खेल संख्या, जित संख्या, गोल गर्ने र अंक हासिल गर्नेमा पनि सबभन्दा माथि छ ।

ब्राजिल सन् १९३० देखि २०२२ सम्म सम्पन्न सबै २२ विश्वकपमा सहभागिता जनाउने एकमात्र टिम हो । यसक्रममा ब्राजिलले सर्वाधिक ११४ खेल खेलेको छ भने त्यसमध्ये ७६ खेलमा टोलीले जित हासिल गरेको छ । विश्वकपको लामो यात्रामा ब्राजिलले १९ खेलमा बराबरी नतिजा निकालेको इतिहास छ भने १९ नै खेलमा टोलीले पराजय भोगेको छ ।

ब्राजिलले ११४ खेलमा गरि कुल २३७ गोल गर्दा जम्मा १०८ गोल खाएको छ । त्यसअनुसार सर्वकालिन तथ्यांकमा ब्राजिलको गोलअन्तर प्लस १२९ छ भने टोलीले अहिलेसम्मका नतिजाका आधारमा विश्वकपमा हासिल गरेको अंक २४७ हो ।

ब्राजिलपछि जर्मनी र इटाली उपाधि जित्ने मामिलामा सबभन्दा सफल टिम हुन् । दुवैले समान ४ पटक उपाधि जितेका छन् । तर समग्रतामा भने दोस्रो नम्बरमा जर्मनी विश्वकपको सफल टिम हो ।

२० पटक विश्वकपमा सहभागी भएको जर्मनीले ११२ खेल खेल्दा ६८ खेल जितेको इतिहास छ । २१ खेलमा बराबरी, २३ मा हार, गरेको गोल २३२, खाएको गोल १३०, गोलअन्तर १०२ र हासिल गरेको अंक २४७ विश्वकपमा जर्मनीका अन्य तथ्यांक हुन् ।

उपाधि जितेको हिसावमा इटाली माथि भए पनि समग्र इतिहासमा अर्जेन्टिनाको सफलता तेस्रो तथा इटालीको चौथो नम्बरमा देखिन्छ । ३ पटक उपाधि जितेको साविक विजेता अर्जेन्टिना र इटालीले समान १८ पटक विश्वकपमा सहभागिता जनाएका छन् ।

तर अर्जेन्टिनाले ८८ खेल खेल्दा इटालीले ८३ खेल मात्र खेलेको छ । अर्जेन्टिनाले ४७ खेल जित्दा इटाली ४५ खेलमा विजयी भएको थियो । बराबरी नतिजा अर्जेन्टिनाको नाममा १७ तथा इटालीको नाममा २१ हुँदा अर्जेन्टिना २४ खेलमा पराजित हुँदा इटालीले १७ खेलको नतिजा विपक्षीलाई सुम्पिएको इतिहास छ ।

विश्वकपका प्रतिस्पर्धामा अर्जेन्टिनाले विपक्षी पोष्टमा १५२ गोल गर्दा इटालीले १२८ मात्र गोल गरेको छ भने अर्जेन्टिनाले १०१ गोल खाँदा इटालीको पोष्टमा ७७ गोलमात्र सम्भव भएका थिए । गोलअन्तरमा दुवै टोलीको तथ्यांक समान प्लस ५१ छ भने हासिल गरेको अंक अर्जेन्टिनाको १५८ र इटालीको १५६ छ ।

४ पटकको च्याम्पियन इटाली आसन्न विश्वकपमा देखिने छैन । युरोपेली छनोट प्रतियोगितामा असफल भएको इटाली विश्वकपमा अनुपस्थित हुन लागेको यो लगातार तेस्रो पटक हो । यसअघि सन् २०१८ को रुस विश्वकप र सन् २०२२ को कतार विश्वकपमा पनि इटाली छनोट हुन असफल भएको थियो ।

समग्रतामा विश्वकपको पाँचौं सफल टिम २ पटकको च्याम्पियन फ्रान्स हो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्सले कुल १६ संस्करणमा सहभागिता जनाउँदा ७३ खेलका लागि मैदान उत्रिएको इतिहास छ ।

विश्वकपमा कुल ३९ खेल जितेको टोलीले १४ खेलमा बराबरी तथा २० हारको नतिजा निकालेको छ । विपक्षीके पोष्टमा कुल १३६ गोल गरेको टोलीले ८५ गोल खाँदा गोलअन्तर प्लस ५१ छ । त्यसक्रममा टोलीले समूह चरणमा खेल जित्दा हासिल गरेको कुल अंक १३१ हुन्छ ।

समग्र मुल्यांकनको शीर्ष ५ मा परेका टिमले २२ मध्ये १८ उपाधि एकआपसमा बाढिसकेका छन् । बाँकी ४ उपाधि तीन टिमले बाँढेका छन् । उरुग्वे २ पटकको पूर्व च्याम्पियन हो भने इङ्ल्यान्ड र स्पेन समान १ पटकका च्याम्पियन हुन् ।

सन् १९६६ मा १ पटकमात्र उपाधि जितेको इङ्ल्यान्ड समग्रतामा विश्वकपको छैटौं सफल टिम हो । १६ पटक विश्वकपमा सहभागिता जनाउँदा ७४ खेल खेलेको इङ्ल्यान्डले ३२ खेलमा जित हासिल गरेको इतिहास छ भने २२ मा बराबरी तथा २० मा हारको नतिजा निकालेको थियो ।

इङ्ल्यान्डले विश्वकपका ७४ खेलमा कुल १०४ गोल गर्दा ६८ गोल खाएको थियो । जसअनुसार टोलीको गोलअन्तर प्लस ३६ तथा हासिल गरेको अंक ११८ छ ।

सातौं स्थानमा १ पटकको अर्को च्याम्पियन स्पेन छ । समान १६ संस्करणमा सहभागिता जनाएको स्पेनले ६७ खेल खेल्दै ३१ खेलमा जित, १७ मा बराबरी तथा १९ मा हारको नतिजा निकाल्दा १०८ गोल गरेर ७५ गोल खाएको तथ्यांक छ । समग्र गोलमन्तर प्लस ३३ रहेको स्पेनले विश्वकपका समूह चरणका खेलबाट ११० अंक हासिल गरेको थियो ।

आठौं स्थानमा २ पटकको पूर्व च्याम्पियन उरुग्वेलाई उछिन्दै ३ पटकको उपविजेता नेदरल्यान्ड्स छ । ११ पटक विश्वकप खेलेको डच टोलीले कुल ५५ खेलमा ३० जित, १४ बराबरी र ११ हारको नतिजा निकालेको छ । विपक्षी पोष्टमा ९६ गोल गर्दा ५२ गोल खाएको टोलीको गोलअन्तर प्लस ४४ तथा हासिल गरेको अंक १०४ छ ।

२ पटकको पूर्व विजेता उरुग्वेले विश्वकपका १४ संस्करणमा सहभागिता जनाए पनि हासिल गरेको जितका आधारमा टोली नवौं स्थानमा छ । विश्वकपमा कुल ५९ खेल खेल्दा उरुग्वे २५ खेलमा विजयी भएको छ भने १३ बराबरी र २१ हार भोगेको छ । कुल ८९ गोल गरेको टोलीले ७६ गोल खाएको छ । गोलअन्तर प्लस १३ रहेको उरुग्वेले विश्वकपमा अहिलेसम्म कुल ८८ अंक हासिल गरेको छ ।

विश्वकप इतिहासमा सफल टोलीको सूचिको शीर्ष १० मा पर्न सफल अर्को टोली हो, बेल्जियम । बेल्जियमको विश्वकपमा सबभन्दा सफल नतिजा सन् २०१८ मा तेस्रो स्थान हासिल गर्नु हो ।

कुल १४ पटक विश्वकपमा सहभागिता जनाएको टोलीले कुल ५१ खेल खेल्दा २१ जित, १० बराबरी र २० हारको नतिजा निकालेको छ । ६९ गोल गरेको टोलीले ७४ गोल खाएको छ । त्यस हिसावमा उरुग्वेको गोलअन्तर माइनस ५ तथा टोलीले विश्वकप इतिहासमा हासिल गरेको अंक ७३ छ ।

विश्वकपमा सहभागी ८० टिममध्ये ११ टोलीले कुनै पनि अंक जोड्न सकेका छैनन् । अंक जोड्न नसक्ने टिममा २ पटक सहभागी भएका क्यानाडा र एल साल्भाडोरसँगै १ पटकमात्र सहभागिता जनाएका इराक, टोगो, कतार, इन्डोनेसिया, पानामा, युएई, चीन, हाइटी र कंगो हुन् ।

यसैगरी विश्वकप इतिहासमा अहिलेसम्म २० टोलीले एउटै जित हासिल गर्न सकेका छैनन् । जित्न नसक्ने त्यस्ता थप टोलीमा ३ पटक सहभागिता जनाएका बोलिभिया, इजिप्ट र हन्डुरस तथा २ पटक खेलेको न्युजिल्यान्ड र १ पटक सहभागिता जनाएका अंगोला, इजरायल, आइसल्यान्ड, कुवेत र ट्रिनिडाड एण्ड टोबागो हुन् ।