६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोड रुपैयाँको लागुऔषध सहित भारतमा एक नेपाली पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित एक नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतम रहेको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।

एसएसबीको सुनौली कम्पनीका प्रमुख एवं निरीक्षक अमित कुमारका अनुसार गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल जाने क्रममा २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरिएको गरिएको हो ।

पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।