५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गर्यो : देउवा



अ+ अ-

काठमाडौं । मिडिया काउन्सिल विधेयक प्रति असहमति जनाउदै आएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उदेश्यका साथ मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता गराएकोे विधेयक प्रति उनले असहमति जनाए ।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे । त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत गरेका छन् ।

‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

सभापति देउवाले कम्युनिष्ट सरकारले ल्याएको यो विधेयकलाई प्रेस स्वतन्त्रता माथि नै ‘कू’ गर्न खोजेको आरोप लगाए । अभिव्यक्ति स्वतन्त्रतालाई हस्तक्षेप गर्ने, पत्रकारहरुको अधिकार खोस्ने उक्त विधेयक कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

 देउवाले सरकार अधिनाकयकवादी बाटोमा हिड्न खोजेको आरोप लगाए ।

उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

उनले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने बताए ।

सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको स्मरण गर्दै ठूलो त्याग र तपस्याबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।