१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

प्रधानमन्त्री कप : प्रदेश दुईले पहिलो जित दर्ता गरायो, शाहको अर्धशतकीय पारी

प्रधानमन्त्री कप :  प्रदेश दुईले पहिलो जित दर्ता गरायो, शाहको अर्धशतकीय पारी
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित दर्ता गराएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश दुईको जितमा हरिशंकर शाहले अर्धशतकीय पारी खेले । उनले अविजित ५५ रन बनाए । त्यस्तै हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले अविजित १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३०.४ ओभरमा ९३ रनमा समेटियो ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले दोस्रो ठूलो स्कोरको रुपमा १४ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का कुमार थापाले ३ विकेट लिँदा, रसिद खान,समसद शेख र हरिशंकर साहले समान २–२ विकेट हात पारे ।

यता अर्के खेलमा नेपाल पुलिस क्लबका अमित श्रेष्ठले शतक प्रहार गरेका छन् । मुलपानी मैदानमा भएको खेलमा अमितले प्रदेश १ विरुद्धको खेलमा शतक बनाएका हुन् ।

ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै सो योगफल तयार पारेका थिए ।

पुलिसको इनिङमा अन्य कनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४, मञ्जित श्रेष्ठ ११, रामनरेश गरिी ११ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।

पहिला ब्याटिङ गरेको पुलिसले प्रदेश १ लाई १८६ रनको लक्ष्य दिएको छ । ४३.१ ओभरमा सबै विकेट गुमाउँदै पुलिस १८५ रनमा सिमित भयो । बलिङतर्फ कमद खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँढे ।