१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

सरकारी कर्मचारीको तलब बढ्यो, राजमार्गमा हवाइजहाज अवतरण गर्ने कथन

सरकारी कर्मचारीको तलब बढ्यो,  राजमार्गमा हवाइजहाज अवतरण गर्ने कथन
अ अ+ अ-

काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ । नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब बृद्धिको घोषणा भएको हो । अब सबैभन्दा तल्लो तहका पियनले न्यूनतम २२ हजार ८ र माथिल्लो तहका मुख्यसचिवले ६५ हजार १३६ रकम पाउनेछन् ।

सरकारले खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।

काठमाडौं उपत्याकामा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि बजेट छुट्याएको छ । क्रिकेट एकेडमी निर्माणदेखि निजी क्षेत्रलाई खेलकुदमा आबद्ध गर्न सरकारले प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ ।

चालु आवमा हवाई पूर्वाधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो ।

राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् ।

यसमध्ये सरकारले गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट छुट्याएको छ । पोखरा विमानस्थलका लागि ८ अर्ब रुपैयाँ छुटयाईएको छ ।

सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई पनि बजेटमा निरन्तरता दिएको छ । बजेटमा बैकल्पिक आन्तरिक विमानस्थल बनाउने पपिन घोषणा गरेको छ ।

सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो ।

आकस्मिक अवस्थामा राजमार्गको दायाँ(बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे ।

यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका छन् । सरकारले बनाउने सबै सडकहरु दुई लेनको बनाउने र सम्भाब्यताका आधारमा राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाउने उनको भनाइ छ । तर, विज्ञहरु यस प्रकारको सम्भावना नेपालमा नदेखिएको बताउँछन् ।