६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीको तलब बढ्यो, राजमार्गमा हवाइजहाज अवतरण गर्ने कथन



अ+ अ-

काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ । नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब बृद्धिको घोषणा भएको हो । अब सबैभन्दा तल्लो तहका पियनले न्यूनतम २२ हजार ८ र माथिल्लो तहका मुख्यसचिवले ६५ हजार १३६ रकम पाउनेछन् ।

सरकारले खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।

काठमाडौं उपत्याकामा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि बजेट छुट्याएको छ । क्रिकेट एकेडमी निर्माणदेखि निजी क्षेत्रलाई खेलकुदमा आबद्ध गर्न सरकारले प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ ।

चालु आवमा हवाई पूर्वाधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो ।

राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् ।

यसमध्ये सरकारले गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट छुट्याएको छ । पोखरा विमानस्थलका लागि ८ अर्ब रुपैयाँ छुटयाईएको छ ।

सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई पनि बजेटमा निरन्तरता दिएको छ । बजेटमा बैकल्पिक आन्तरिक विमानस्थल बनाउने पपिन घोषणा गरेको छ ।

सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो ।

आकस्मिक अवस्थामा राजमार्गको दायाँ(बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे ।

यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका छन् । सरकारले बनाउने सबै सडकहरु दुई लेनको बनाउने र सम्भाब्यताका आधारमा राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाउने उनको भनाइ छ । तर, विज्ञहरु यस प्रकारको सम्भावना नेपालमा नदेखिएको बताउँछन् ।