१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड, बृद्ध भत्ता २ हजारबाट ३ हजार

उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड, बृद्ध भत्ता २ हजारबाट ३ हजार
अ अ+ अ-

काठमाडौं । सरकारले विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने भएको छ।


यस आर्थिक वर्ष कम्तीमा १ हजार मेगावट विद्युत यसवर्ष राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने लक्ष्य लिइएको समेत अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

ऊर्जा विकास
त्यस्तै सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गर्ने जनाइएको छ । त्यस्तै प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइनेछ जनाइएको छ। बजेटमा बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले उपत्यकामा यसै वर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ।

बजेटमा ३ वर्षभित्र ५ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाइने जनाइएको छ । सबै प्रदेशमा २ हजार मानिस अट्ने सम्मेलन केन्द्र स्थापना गरिने समेत भनिएको छ । त्यस्तै धनगढी, सुर्खेत र विराटनगरमा सभाहल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश र स्थानीय तहको अन्तर आबद्धता सुदृढ गर्न ४ बर्ष भित्र सम्पूर्ण स्थानीय तहका केन्द्रका सडकलाई कालो पत्रे गरेर प्रदेश तहको राजधानीसंग जोडिने छ। संघ ,प्रदेश र स्थानीय तहको सह लगानीमा ५ अर्ब ७ करोड विनियोजन गरेको अर्थमन्त्री बताए।

प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन

  • उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड
  • आफ्नो गाउँ, आफैं बनाऊु नारा ब्यूँताइयो, श्रम रोजगारमा ७ अर्ब
  • वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने
  • आगामी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने
  • सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा थप १ रुपैयाँ कर
  • विद्युत् उत्पादन दोब्बर हुने
  • विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय
  • सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता
  • यसै वर्ष उपत्यकामा ३ हजार मानिस अट्ने सभाहल
  • आगामी वर्ष ‘वृक्षारोपण वर्ष’
  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट
  • ९ अर्ब रासायनिक मलको अनुदान। अभाव हुन नदिने।
  • सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने।
  • सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने।
  • मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन।
  • आगामी ५ वर्षमा फलफूल बाली दोब्बर बनाइने।
  • तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत।
  • दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने।
  • कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन।
  • १३ लाख जेष्ठ नागरिक लाभ हुने गरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको छ।
  • ७० वर्ष माथिका जनताको बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर।
  • हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खोल्ने निर्णय।
  • योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम। यसको लागि ६४ अर्ब ५० करोड विनियोजित।
  • अपांगता भएका व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाइने।
  • बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन। ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने।
  • युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषद्को संरचना परिवर्तन गरिने।
  • आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाइने।
  • अतिक्रमित सरकारी जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने
  • आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने।
  • रोजगार सेवा केन्द्रमा दर्ता भएकाहरुलाई स्थानीय विकास निर्माणमा लगाउनुपर्ने। रोजगारी कार्यक्रमको लागि ५ अर्ब १ करोड।