१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

सार्वजनिक बिदाको माग गर्दै सरकारलाई ४८ घन्टे अल्टिमेटम

सार्वजनिक बिदाको माग गर्दै सरकारलाई ४८ घन्टे अल्टिमेटम
अ अ+ अ-

काठमाडौं । नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको आउँदै गरेको महानपर्व इदको सार्वजनिक बिदाको घोषणा गर्न सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको छ ।

सरकारले दुई दिनभित्र दुवै इदमा बिदा दिने घोषणा नगरे सशक्त आन्दोलन गर्ने संघका अध्यक्ष अब्दुल सतारले चेतावनी दिए ।

संघले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै माग पूरा नभए नेपाल बन्द सम्मको कार्यक्रम गर्ने घोषणा गरेको छ । ‘हामीले तीन तहको सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, संघका अध्यक्ष अब्दुल सतारले भने, ‘हामी आज रमजानको रोजाको २३ औ दिनमा छौँ । २५ औं दिनसम्म कुर्छौ । सरकारले बिदा घोषणा नगरे २६ औं दिनदेखि भोको पेटमै भएपनि आन्दोलन गर्छौँ ।’

वर्तमान सरकारले यसअघिको दिदै आएको विदा कटौती गरेकोमा आक्रोश व्यक्त गर्दै संघका अध्यक्ष सतारले आफूहरुले नयाँ सुविधाको माग नगरेको तर्क गरे । ‘मुस्लिम समुदायको दुईवटा इद र मोहम्मद जयन्तीमा बिदा दिनुपर्छ’ उनले भने ‘चाडबाड हाम्रो संस्कृति हो, पहिचान हो । बिदा कटौती गर्ने सरकारको निर्णयले हाम्रो पहिचान खोसिएको अनुभुति भएको छ ।’

धार्मिक हिसाबले नेपाल तेस्रो ठूलो समुदायको रुपमा हेरीएको मुस्लिम समुदाय रहेको उल्लेख गर्दै उनले साझा नेपालीको संस्कृतिमा ठेस नपुर्याउन आग्रह गरे ।कार्यक्रममा संघका महासचिव मुख्तर अहमदले वर्तमान सरकारले गणतन्त्र, लोकतन्त्रमाथि नै प्रहार गरेको बताए । ‘सरकारले विभिन्न वर्ग, समुदायको अधिकार खोस्ने काम गरेको छ’, उनले भने, ‘जाती समुदायको चाडपर्वमा दिदै आएको बिदा खोसेर सरकारले अलोकतान्त्रिक र हेपाहा क्रुर शासन लादेको छ ।’

मुस्लिम संघले आफ्नो समुदायको मात्र नभै अन्य समुदायको चाडबाडमा कटौती गरेकोे विदा पुनस्र्थापना गर्नुपर्ने तर्क गरेका छन् ।