१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

अपाङ्गता परिचयपत्र वितरण

अपाङ्गता परिचयपत्र वितरण
अ अ+ अ-

बनेपा । मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराउन परिचयपत्र वितरण गराउने काम शुरु गरेको छ ।

महिला तथा बालबालिका कार्यालय जिल्लाबाट स्थानीय तहमा गइसकेपछि पहिलोपटक नगरपालिकाबाटै त्यस्ता व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम शुरु गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पहिला जिल्लाले बनाउँथ्यो, अब सबै अधिकार स्थानीय तहमा आइसकेपछि उपप्रमुखको संयोजकत्वमा अपाङ्गता समिति गठन गरेर काम गर्ने भन्ने निर्देशिका आइसकेपछि उक्त कामलाई शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “कामलाई थप प्रभावकारी बनाउन सबै वडामा सञ्जाल गठन गरेर वडा÷वडाबाट नै विवरण सङ्कलन गरी त्यसको आवश्यक छानबिन गरी कुन वर्गको अपाङ्गता हो, त्यहीअनुसार परिचयपत्र वितरण गर्ने काम शुरु गरेका छौँ ।”

अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकलाई सहजता प्रदान गर्न सबै वडामा प्रत्येक महीनाको १५ गते फारम वितरण तथा सङ्कलन गरी त्यसको आधारमा परिचयपत्र वितरण गर्दै आएको उहाँले बताउनुभयो । अहिले स्थानीय तहमा कर्मचारी अभाव भएका कारण सो कार्यक्रममा सहयोग गर्न नेपाल रेडक्रसलगायतका संस्थालाई सहयोग गर्न आग्रह गरिएअनुरुप उहाँहरुले सहयोग गरिरनुभएको शाहीले बताउनुभयो ।

मङ्सिरसम्म जिल्लाबाट बनाएर पठाएको परिचयपत्रले काम गर्ने र त्यसपछि स्थानीय तहले बनाएको परिचयपत्रले काम गर्ने भएकाले पुरानाको नवीकरण गर्ने कामसमेत सँगसँगै भइरहेको संयोजक शाहीले बताउनुभयो । अहिले नयाँ परिचयपत्र बनाएकाहरुले मङ्सिरबाट मात्रै सेवासुविधा पाउने उहाँको भनाइ छ ।

उहाँका अनुसार अघिल्लो महीनाको १५ गते सङ्कलन भएका फारममध्ये १० जनाले ‘क’ वर्गको रातो परिचयपत्र, २० जनाले ‘ख’ वर्गको निलो परिचयपत्र र २२ जनाले ‘ग’ वर्गको पहेलो परिचयपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रोपटक हिजो बुधबार गरिएको फारम सङ्कलनको आवश्यक छानबिन गरी केही दिनमा परिचयपत्र वितरण गर्ने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाभित्र ५७१ अपाङ्गता भएका व्यक्ति रहेको विवरण बुझाइसकेको छ । अवस्था अनुसार क र ख वर्गका परिचयपत्र पाउनेबाहेक ग र घ वर्गका परिचयपत्र पाउनेहरुका लागि नगरपालिकाले बजेटको व्यवस्था गरिसकेकाले छिट्टै सीपमूलक तालीमहरु सञ्चालन गर्ने तयारी भइरहेको संयोजक शाहीले बताउनुभयो ।