२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात जना पक्राउ



अ+ अ-

झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।

बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ ।

पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।