१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

मोदीको सथप ग्रहण समारोहमा भाग लिन विनोद चौधरी दिल्ली प्रस्थान

मोदीको सथप ग्रहण समारोहमा भाग लिन विनोद चौधरी दिल्ली प्रस्थान
अ अ+ अ-

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहीबार विहान दिल्ली गएका हुन् ।

भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह बिहीबार साझ भारतीय समयअनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

मोदीले आफ्नो सपथ ग्रहणमा विम्स्टेक देशका सरकार÷राष्ट्र प्रमुखलाई बोलाएका छन्। मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजै नयाँ दिल्ली जाँदै छन्।

सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी थिए। मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहेको चौधरी ग्रुपले जनाएको छ।

चौधरीको अध्यक्षतामा रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्र सम्वन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्रीका रूपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालिन केन्द्र सरकारले अनुमति नदिएका कारण उनको नेपाल आउने कार्यक्रम त्यतिबेला रद्ध भएको थियो ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।