६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

३६ हजार घुससहित महोत्तरीमा वडासदस्य पक्राउ



अ+ अ-

महोत्तरी । महोत्तरीमा घुससहित निर्वाचित वडासदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका–४ का वडासदस्य रामचन्द्र राय यादव रहेका छन् ।वडामा निर्माणाधीन एक योजनाको ठेकदारसँग घुस रकम मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवलाई ३६ हजार घुससहित पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ ।