२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरीदै राउटे, गाडी रिजर्भ गरेर बस्ती सारे



अ+ अ-

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार तीन वटा बस रिर्जभ गरेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी पुगेका हुन्।

गुराँस गाउँपालिकाले राउटे समुदायलाई अघिल्लो वर्ष स्थायी परिचयपत्र दिएको थियो। ‘तराईमा गर्मी धेरै भयो, गर्मी छल्नका लागि यहाँ आएका हौं’ निगालपानी पुगेका राउटे मुखिया दीलबहादुर शाहीले भने, ‘यहाँ त सितल रहेछ।’

राउटे समुदाय पहिलो पटक गाडी रिजर्भ गरेर बस्ती सरेका हुन्। ‘सुर्खेतको गुर्भाकोटबाट हिँडेर दैलेखको गुराँस गाउँपालिका आउन दुई–तीन दिन लाग्थ्यो’ मुखिया शाहीले भने, ‘बस रिर्जभ गरेर आउँदा तीन घण्टामै पुग्यौं।’ गुराँस गाउँपालिकासम्म राउटेलाई बसमा ल्याउन दैलेखको सामाजिक सेवा केन्द्र ९सोसेक० र गाउँपालिकाले सहयोग गरेका थिए। नागरिक दैनिकमा खबर प्रकाशित छ ।