१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

रसुवाका सांसद आचार्यले आज साँझ आयोजित एक कार्यक्रममा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो । 

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार एवं दिगो परियोजना केन्द्रित विशेष समितिमा रहेका आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।

विस २०७४ को प्रतिनिभिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विकास निर्माणका विभिन्न काम भएका छन् ।