२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिए फुटबलका यस्ता नियम ! कहिलेवाट हुन्छ लागु ?



अ+ अ-

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल हो भन्नेमा दुईमत छैन। विश्वका हरेक कुनामा यसको चर्चा हुने गर्छ। बुझ्न सजिलो र हेर्दा अन्य खेलभन्दा रमाइलो लाग्ने भएरै विश्वका यस खेलका जति दर्शक अन्य खेलका छैनन्।

तर हेर्दा जति सहज देखिन्छ, यसका नियम बुझ्न कतिपयलाई गाह्रो पनि हुन्छ। परिवर्तित समयअनुसार फुटबलका नियम विस्तारै परिवर्तन हुँदै पनि गएका छन्। हालसालै फिफाले फेरि केही नियम सार्वजनिक गरेको छ। नियममा परिवर्तन गरेको छ। जसले गर्दा फुटबल खेल अझ रोचक र अनुशासित हुने फिफाले दाबीसमेत गरेको छ।

विश्व फुटबललाई नियमन गर्ने संस्था ‘इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड’ले यस्तो तयारी गरेको हो। उसले ‘लज अफ् द गेम’अन्तर्गत ६ वटा नियम परिवर्तनको तयारी थालेको छ। परिवर्तित नयाँ नियम यही जुन १ बाटै लागू हुनेछ।

कस्ता नियम आउँदैछन् ?

खेलाडी परिवर्तन हुँदा सबैभन्दा नजिकको लाइनबाट बाहिरिनुपर्ने

फुटबल समयमा आधारित खेल हो। त्यसैले खेलाडी परिवर्तन हुँदा जितउन्मुख टोलीले धेरै समय लगाउने र जथाभावी समय खर्चिने भएका कारण विपक्षी टोलीले हार बेहोर्ने गरेका धेरै घटना भएपछि यो नियममा केही हेरफेर गरिएको छ। जसअनुसार अब खेलाडी परिवर्तनका बेला जुन खेलाडी जहाँ उभिएको छ, उसले त्यसको नजिकको कम्पाउन्ड लाइनबाट बाहिरिनुपर्नेछ। जसले समय धेरै लिन पाउँदैन।

फ्रि किक हान्दा मानव पर्खालमा बस्न नपाइने !

अहिले फ्रि किक हान्ने बेला फ्रि किक लिने टोलीका खेलाडी पनि विपक्षी खेलाडी पनि मानव पर्खालसँगै रहन्छन् । तर, नयाँ नियमअनुसार अब फ्रि किक लिँदा विपक्षी खेलाडीका ३ वा सोभन्दा बढी खेलाडीको पर्खाल राखिएको अवस्थामा फ्रि किक लिने खेलाडी १ मिटर टाढै बस्नुपर्छ। यसो गर्दा मानव पर्खाल रहने बेला दुई पक्षका खेलाडीबीच हुने ठेलाठेल र तनावको अवस्था अन्त्य हुनेछ ।

‘ड्रप बल’मा पनि नयाँ नियम

हालको अवस्थामा ड्रप बलमा दुवै टिमका खेलाडी बल खोस्ट अग्रसर हुन्छन् । तर, नयाँ नियमले यसलाई पनि परिवर्तन गरेको छ । जसअनुसार अबदेखि बल ड्रप भएका बेला जुन खेलाडीसँग बल हुन्छ वा जुन टिमका खेलाडीले अन्तिमपटक बल छोएको हुन्छ, त्यसै टोलीका

खेलाडीले बल चलाउन पाउनेछन्।

बक्सभित्र बल ड्रप भएको खण्डमा भने टिमका गोलकिपरले बल रिलिज गर्न पाउँछन्। यो अवस्थामा दुवै टिममा खेलाडी कम्तीमा ४ मिटर दूरीमा रहनुपर्छ ।

अब प्रशिक्षकलाई पनि रातो कार्ड

नयाँ नियमअनुसार अब खेल दौरान टच लाइनमा बसेर खेल भावनाबिपरीत व्यवहार गर्ने प्रशिक्षकलाई पनि अवस्था हेरी पहेंलो वा रातो कार्ड दिइनेछ ।

पेनाल्टीमा फेरियो नियम

अबदेखि पेनाल्टी प्रहारमा पनि नयाँ नियम लागू हुनेछ । पेनाल्टीक्रममा हुने विवादलाई अन्त्य गर्ने उद्देश्यले यसमा नयाँ नियम लागू गर्न लागिएको हो। अब नयाँ नियमअनुसार पेनाल्टी हान्ने बेला गोलकिपरले पोस्ट र क्रस बार छुन पाउनेछैन । त्यसैगरी, गोलकिपरको एउटा खुट्टा गोल लाइनमाथि वा भित्र रहेको हुनुपर्छ । यो नियमले पेनाल्टीमा हुने विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।

‘आकस्मिक ह्यान्ड बल’को गोल रद्द गरेर फ्रि किक दिइने

अब बक्सभित्र कुनै पनि खेलाडीको हातमा लागेर गोल हुन्छ भने त्यसलाई गोल मानिने छैन । तर, त्यो बेला बलले कसरी हातमा लाग्यो भन्ने कुरा हेरिनेछ । नयाँ नियम भन्छ – यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ । र, खेलाडीलाई बलको अवस्था थाहा छैन भने सो गोल मान्य हुँदैन ।

त्यस्तो बेला गोल रद्द गरेर विपक्षी टिमलाई फ्रि किकको मौका दिइनेछ । तर, बक्सभित्र दिइने भनिएको फ्रि किक प्रहारमा अन्य के–के सर्त रहन्छन् भन्ने कुरा प्रष्ट पारिएको छैन ।




भर्खरै