२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम



अ+ अ-

काठमाडौं । यस सिजन दुई इंलिस टोली लिभरपुल र टोटनहमले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरे । लिभरपुलले बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गरेको थियो भने आश मारिसकेको टोटनहमले पनि आयाक्सविरुद्ध सानदार कमव्याक गर्दै अवे गोलका आधारमा फाइनलको यात्रा तय गरेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा लिभरपुल तीन गोलले पछि परेको थियो । फुटबल समिक्षकहरुले पनि बार्सिलोनाले फाइनलको यात्रा सहज रुपमा गर्ने अनुमान गरेका थिए । तर, एनफिल्डमा लिभरपुलका खेलाडीहरुले उत्कृष्ट खेल खेले ।

बार्सिलोनाविरुद्ध घरेलु मैदानमा लिभरपुलले चार गोल फर्काउन सफल भयो । बार्सिलोनाले च्याम्पियन्स लिगका जित्ने सपनालाई लिभरपुलले तुहाइदिन पुग्यो ।

त्यस्तै घरेलु मैदानमा एक गोलले पछि परेको टोटनहम आयाक्सको मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएपछि तीन गोलले नै पछि परेको थियो । तर, दोस्रो हाफमा टोटनहमका लुकास मौराले ह्याट्रिक गरेपछि आयाक्स अवे गोलका आधारमा बाहिरिन पुग्यो ।

फाइनल खेलमा लिभरपुल र टोटनहममध्ये कसले जित्ला भन्ने अनुमान चलिराखेको छ । समिक्षकहरुका अनुसार टोटनहमभन्दा लिभरपुल धेरै बलियो टोली रहेको बताएका छन् । तर, फाइनल खेलमा जस्तोसुकै परिणाम आउन सक्ने उनीहरुको भनाइ रहेको छ ।

गएको सिजन पनि लिभरपुलले च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको थियो तर, फाइनलमा लिभरपुल रियल मड्रिडसँग ३–१ गोलले पराजित भएको थियो । यस सिजन पनि फाइनलको यात्रा तय गरेको लिभरपुलले निकै सुधारिएको खेल प्रदर्शन गरेको छ । डिफेन्स र गोलरक्षकमा ठुलो समस्या गएको सिजन देखिएको थियो ।

तर, यस सिजन सबै क्षेत्र बलियो रहेको समिक्षकहरुले बताएका छन् । यस सिजन प्रिमियर लिगमा लिभरपुलले दुवै पटक टोटनहमलाई पराजित गरेको थियो । यस सिजन लिभरपुलले प्रिमियर लिगमा एक खेल पनि हारेको थिएन । तर, टोटनहमले भने प्रिमियर लिगका पछिल्ला खेलहरुमा ठुलै समस्या झेलेको थियो ।

लिभरपुलले उपाधि जित्ने योभन्दा ठुलो अर्को मौका नभएको समेत समिक्षहरुले बताएका छन् । लिभरपुलका स्टार खेलाडीहरु माने, सलाह, एलिसन, रोबर्टसन,मिल्नर, आर्नवल्र्ड जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् । स्टार स्ट्राइकरबिनै खेलाडी बिनै लिभरपुलले बार्सिलोनालाई पराजित गरेको थियो । उता टोटनहमका ह्यारी केनले खेल खेल्न नसक्ने बताइएको छ । डिफेन्स लाइनमा समस्या देखिएको टोटनहमले लिभरपुललाई रोक्न कठिन हुने समेत अनुमान गरिएको छ ।