१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीय: प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज सो कुरा बताउनुभएको हो । 

सो सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय भएको बताउनुभएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उहाँले लोकतन्त्र र लोकतान्त्रिक रुपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउँदै शान्ति प्रक्रियामार्फत् भएका उपलब्धिहरूको चर्चा गर्नुभयो । नेपालमा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधानको निर्माण गरेको उहाँले बताउनुभयो । 

सो सम्बोधनमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाटै जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै नेपालले लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । 

सो सम्बोधनमा प्रधानमन्त्रीले नागरिकको मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रताको संरक्षणजस्ता विषयवस्तुहरु नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको पनि स्पष्ट गर्नुभएको थियो ।रासस