१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

बजेट राम्रो छ, कार्यान्वयन पक्षमा जोड दिनुपर्छ

बजेट राम्रो छ, कार्यान्वयन पक्षमा जोड दिनुपर्छ
अ अ+ अ-

चन्द्रप्रसाद ढकाल राष्ट्रिय उद्योगपति हुन् । उनले नेपालका धेरै उद्योगको सफल सञ्चालनको नेतृत्व गरिरहेका छन् । उनी हाल आइएमइ ग्रुप, चन्द्रागिरि हिल्स प्रालि तथा ग्लोबल आइएमइ बैंकका अध्यक्ष छन् । ढकाललाई नेपालका एकजना सफल उद्यमीका रुपमा हेरिन्छ । उनी निजी क्षेत्रको छाता संगठन, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष छन् । उनले उक्त महासंघको रोजगारदाता परिषदको अध्यक्षता पनि गरिरहेका छन् । नेपाल सरकारले नेपालमा श्रमिकको सामाजिक सुरक्षासम्बन्धी कानुन ल्याउँदा उनले पनि रोजगारतादाहरु तथा नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट ठूलो पहल र मेहनत गरेका थिए । उनी नेपालको निजी क्षेत्रका तर्फबाट समय समयमा निर्माण हुने नीतिका साथै यसका लागि आवश्यक नीतिमा सरकारलाई पनि सुझाव एवम् दबाब दिने कार्यमा पनि सक्रिय रुपमा सहभागी हुदै आएका छन् । नेपाल सरकारद्धारा जारी बजेटमा केन्द्रित रहेर गरिएको कुराकानी ।

संसदमा पेश भएको आगामी आर्थिक बर्षको बजेटलाई निजी क्षेत्रले कसरी लिएको छ ?

बजेट समग्रमा राम्रो छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुरामा उच्च प्राथमिकता दिइएको छ । सडक सञ्जाल र पर्यटन प्रवद्र्घन जस्ता विषयले समेत उच्च प्राथमिकता पाएका छन् । यस्ता कुराले निजी क्षेत्र उत्साहित छ । निर्यातजन्य उद्योगले प्राथमिकता पाउनु र स्वदेशी उद्योगधन्दा कलकारखानालाई प्रोत्साहित गर्ने प्रकृतिको कर व्यवस्था गरिनुले पनि यो बजेट निजी क्षेत्रमैत्री देखिन्छ । बजेट निर्माणका क्रममा निजी क्षेत्रले दिएका कतिपय सुझाव पनि बजेटमा समेटिएका छन् । अबको मुख्य चुनौती भनेकै कार्यान्वयनको पक्ष हो, त्यो चाहि हेर्न बाँकी छ ।

आगामी बर्षभित्र दुई दर्जन औद्योगिक बस्तुमा आत्मनिर्भर हुने लक्ष्य बजेटमा राखिएको छ । के यो सम्भव छ ?

नेपालले बर्षेनी अर्बौं रुपैयाँ बराबरको कृषि, खाद्य तथा पशुजन्य बस्तुको आयात गरिरहेको छ । देशभित्र प्रचूर संभावना रहेका फलफूल, दूध, माछामासु लगायतका क्षेत्रमा नेपालले तत्कालै गुणात्मक फड्को मार्न सक्छ । हामी केही बस्तुमा पहिल्यै आत्मनिर्भर भइसक्यौं । यसमा निजी क्षेत्रको ठूलो योगदान छ । अब पनि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर प्राथमिकताप्राप्त वस्तुको उत्पादनलाई बढावा दिन ढिलो गर्नु हुँदैन । देश वृद्धिको इन्जिन नै निजी क्षेत्र देखिएकाले यसको सम्बद्र्धन र संरक्षणमा सरकारको विशेष पहलकदमी हुनु पर्दछ ।

उद्योग र कृषि क्षेत्रमा बजेटले गरेको व्यवस्थाबाट निजी क्षेत्र आकर्षित हुन सक्छ त ?

बजेटमा कृषि र उद्योगसहित पूर्वाधार निर्माणका विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको पाइन्छ । छुट र सहुलियतको व्यवस्था पनि गरिएको छ । कतिपय कृषि र औद्योगिक सामग्रीको आयातमा छुट दिइएको छ । मलखादमा अनुदान बढाइएको छ । हालै मात्रै नेपालमा लगानीको वातावरण तयार गर्न केही कानुन पनि आएको छ । लगानी सम्मेलन पनि भएको छ । यी कार्यहरु निजी क्षेत्रलाई प्रोत्साहित गर्नेतर्फ उन्मूख छन् । सरकार आफैंले उद्योग व्यवसाय सञ्चालन गर्ने सोच र मनस्थितिमा नरहेको यस बजेटबाट पनि प्रष्ट भएको छ । त्यसैले निजी क्षेत्रलाई थप प्राथमिकता दिँदै लगानीको अनुकूल वातावरण निर्माणमै केन्द्रित हुनु जरुरी छ ।

बजेटमा आगामी आर्थिक बर्षमा ५ लाख रोजगारी सीर्जना गर्ने भनिएको छ । यसअघि पनि यस्ता योजना सार्वजनिक भइरहेकोमा लक्ष्य अनुसार त्यतिनै रोजगारी सीर्जना हुने आधार देख्नुहुन्छ ?

रोजगारी सिर्जना हरेक सरकारको मूल प्राथमिकतामै पर्ने विषय हो । नेपाली श्रम बजारमा हरेक बर्ष लाखौं युवा प्रवेश गरिरहेका छन् । कतिपयले नेपालमै रोजगारी पाएका छन्, र केही विदेशमा पसिना बगाउन बाध्य छन् । रोजगारीमा आउन चाहने सबैजसो व्यक्तिलाई सरकार आफैंले रोजगारी दिन सक्दैन । निजी वा सार्वजनिक उद्यममा सहभागी हुन चाहने हरेक युवालाई सीपयुक्त तालिमको आवश्यक पर्दछ । “बैंकबाट पैसा लिएर उद्यम गर” भनेर मात्र हुँदैन । रोजगारी सिर्जनाका लागि छुट्याइएको बजेट वितरणमुखी हुनबाट जोगिन सके स्वदेशमा रोजगारी सिर्जनामा ठूलो योगदान पुग्न सक्छ । अहिले देशभित्र युवाले स्वदेश तथा विदेशमा सिकेका सीपको प्रयोग गरी राम्राराम्रा र अनुकरणीय काम गर्न थालेका छन् । महासंघले पनि सरकारलाई गुणात्मक तालिम, सीप दिएर स्वाबलम्बी र आत्मनिर्भर बनाउन सुझाव दिइरहेकै छ ।

पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्था छ । यस्तोमा रेमिटेन्सबाहेक निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने ठोस योजना बजेटमा पाउनुभयो ?

निर्यात भन्ने कुरा एकै दिन हुने कुरा होइन । निर्यातका लागि निर्यातयोग्य बस्तुहरुको उत्पादन बढाउनुको विकल्प छैन । नेपालमा औद्योगिक र लगानीको वातावरण सकारात्मक बन्दै गएकोले निर्यातमुखी उद्योग तथा सेवाको विकासमा जोड दिनु आवश्यक छ । रेमिट्यान्सबाट मात्र विदेशी मुद्रा आर्जन गर्छु भन्नु ठीक होइन । स्वदेशभित्रका राम्रो प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्रहरु (जस्तै, पर्यटन, सिमेन्ट, खानी, सेवा) को पहिचान, विकास र प्रबद्र्धनमा ध्यान दिनु पर्दछ । भूगोल र जनसंख्या दुबै हिसाबले दुई ठूला देश चीन र भारतको विशाल बजार नै हाम्रा लागि सर्वाधिक प्रतिफलदायी हुन सक्छ ।

बजेटमा राखिएको ८.५ प्रतिशतको वृद्धिदर अलि महत्वाकांक्षी लागेन ?

सरकारले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने निकै महत्वाकांक्षी योजना अघि सारेको छ । यसका निम्ति पुँजी परिचालन बढी गर्नुपर्ने हुन्छ । पुँजी परिचालनका लागि पुँजीको जोहो गर्न ऋण लिनुपर्ने भएकोले यस वर्षको भन्दा अर्को वर्षको मुद्रास्फिती ६ प्रतिशत अनुमान गरिएको स्पष्टै छ । तर आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन पक्षलाई सुदृढ गर्नुपर्ने टड्कारो आवश्यकता छ । आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने क्रममा हालको भन्दा १ दशमलव ५ प्रतिशत बढी मुद्रास्फितीको आँकलन मेरो विचारमा ठीकै हो । एक उपभोक्ताको हैसियतले हेर्दा पनि बजारमा बजेट कार्यान्वयनका सुरुका दिनमा केही महंगी बढ्ने प्रचलन नै छ । सरकारले करका दरमा खासै वृद्धि नगरेकोले पनि मूल्यवृद्धि हुने वा मुद्रास्फिती बढेर जाने देखिन्न ।

समग्रमा निजी क्षेत्रका सुझाव बजेटले कति समेटेको पाउनुभयो ?

मैले माथि नै भनिसकें निजी क्षेत्रका सुझाव समेटिएका छन् बजेट बनाउँदा । सरकारका प्राथमिकताहरु अनेक हुनु स्वाभाविक हो, तसर्थ हुबहु समेटिने कुरा पनि भएन । सरकारले बजेटमार्फत एक किसिमको नीतिगत मार्गदर्शन दिने हो । हामीले दिएका सुझाव र सरकार आफैंले अनुभव गरेका कुराहरुको सम्मिश्रणको रुपमा बजेट आएको हुन्छ । हामीले दिएका सुझावहरुलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरेको पाइएको छ । कर राजश्वमा सामयिक सुधार, विस्तार र नीतिगत प्रस्टता हामीले खोजेका थियौं, र त्यसमा सरकारले विश्वासको आधार तयार पारे