६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर महिलाको मृत्यु



अ+ अ-

हेटौँडा । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन् । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो । चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।