१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

संरक्षणको पर्खाइमा ऐतिहासिक महत्वको छतिवन ताल

संरक्षणको पर्खाइमा ऐतिहासिक महत्वको छतिवन ताल
अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन सङ्कटमा पर्न थालेको स्थानीयवासी सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय महत्व बोकेको ताल संरक्षण नगरिँदा दिनानुदिन ताल पुरिँदैछ समयमै संरक्षण नगरिए केही वर्षपछि ताल नै हराउने सम्भावना छ”, उच्च ठाउँमा रहेको उक्त तालमा कहाँबाट पानी आउँछ र कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई जानकारी नभएको स्थानीयवासी बताउँछन् ।

समयमै उचित संरक्षण तथा संवद्र्धन नगरिँदा तालको अस्तित्वनै खतरामा पर्न थालेको छ । परापूर्वकालमा उक्त ताल भएको ठाउँमा रोपाइँ गर्ने खेत भएको र एक दिन रोपाइँको समयमा उक्त खेतमा माछा आउँदा रोपाइँ गर्ने किसानले उक्त माछा मार्दा खेतमा ठूलो भ्वाङ परी सबै रोपाहार त्यही भ्वाङमा परेर मरेको र तलाउ जमेको किंवदन्ती रहेको जोरायल गाउँपालिका–२ बुडरका समाजसेवी कर्णबहादुर मल्लले बताउनुभयो ।

अग्लो डाँडामा रहेको र पर्यटकलाई मोहनी लगाउने उक्त तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि तालको सुन्दरता र अस्तित्व नै सङ्कटमा पर्दै गएको बुडरका स्थानीय लोकबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वरिपरि जङ्गल भएको र बीचमा अग्लो डाँडामा उक्त ताल भएकाले संरक्षण गरिए पर्यटकको आर्कषणको केन्द्र हुने थियो”, तालमा आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायसँग समन्वय गरेको भए पनि कतैबाट सहयोग नमिलेको स्थानीयवासीको आरोप छ ।

जोरायल गाउँपालिकाको पहलमा उक्त तालमा एक डुङ्गाको व्यवस्था गरिए पनि डुङ्गा चलाउने व्यक्ति नभएका कारण डुङ्गा चलाउनसमेत कठिनाइ भइरहेको छतिवन पाततडाका स्थानीय रोहित बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले पर्यटक भित्र्याउने भन्दै डुङ्गाको व्यवस्था गरेको छ तर डुङ्गा चलाउने मान्छे छैन, चलाउने मान्छे नहुँदा बोट थन्किएको छ ।”
यो ताल सुदूरपश्चिम प्रदेशका आकर्षक गन्तव्यमध्येको एक हो, यसको विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग पटक–पटक माग गरेको भए पनि यसको विकासका लागि खासै कसैले पनि ध्यान नदिएको बोहराको भनाइ छ ।

पछिल्लो समय त्यस क्षेत्रका विभिन्न विद्यालय तथा कर्मचारीको वनभोज तथा घुम्नका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुन थालेको भए पनि स्थानीयवासीले यसको विकासमा चासो देखाएका छैनन् । स्थानीय सामुदायिक वनको बीचमा रहेको यो तालसम्म सडक सञ्जालसमेत जोडिएको छ ।

गाउँपालिकाले कुनै निश्चित योजना नबनाउँदा उक्त ताल अहिले पुरिदै जान थालेको छ । पहिले जति सुन्दर ताल देखिन्थ्यो, अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । पहिले तालमा धेरै पानी जमेको देख्न पाइन्थ्यो भने अहिले विस्तारै तालको मोह घट्दै गएको बुडरका स्थानीयवासी तथा शिक्षक चन्द्र भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले ताल ठूलो थियो, पानी जमेको राम्रो देखिन्थ्यो, अहिले विस्तारै पुरिँदै छ र तालको आकार पनि घट्दै जान थालेको छ ।” उक्त ताल संरक्षण र व्यवस्थित गर्नमा स्थानीय सरकारको ध्यान नगएको भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

जिल्लामा रहेका अन्य दर्जनौँ बढी मुस्ताल, देउताल, खर्गताललगायतका अन्य विभिन्न तालको अस्तित्व पनि सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ । तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले तालको अस्तित्व गुम्दै गएको प्रति स्थानीयवासीको गुनासो छ ।

संरक्षण अभावमा तालमा जङ्गली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । घरेलु चौपाया र जङ्गली जनावरले फोहर गर्दा यहाँका तालको सौन्दर्य विस्तारै घट्दै गएको छ । जिल्लालाई आर्थिकरूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भए पनि डोटीमा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् ।

जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानको रुपमा प्रयोग भएको पाइएको छ । यहाँका तालले प्राकृतिक स्वरूप गुमाउँदै गएपछि चराचुरुङ्गीको बासस्थान पनि सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ ।