१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा वरपूजा



अ+ अ-

जनकपुरधाम । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ ।

वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ । यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् । यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ ।

पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् । यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् ।