१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडाको अध्यक्षमा करण चौधरी पराजित, ध्रुव थापाले बाजी मारे



अ+ अ-

काठमाडौ । अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा अप्रत्यासित रुपमा ध्रुव थापा विजयी भएका छन् । पोखराबाट अटो व्यावसाय गर्दै आएका थापाले निकै लोकप्रिय ठानिएका करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।

विजयी थापाले १ हजार ४१३ मत ल्याएका थिए भने चौधरीले १ हजार ३४७ मत पाए । चुनावमा २ हजार ७८८ मत खसेको थियो । चौधरीको समूहबाट मिलनबाबु मल्ल, अनुप कुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया विजयी भएका छन् । यस्तै, निलमणि पाठक, बरदान बस्नेत र पंकज अग्रवाल पनि विजयी भएका छन् ।

थापाको समूहबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।