२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडाको अध्यक्षमा करण चौधरी पराजित, ध्रुव थापाले बाजी मारे



अ+ अ-

काठमाडौ । अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा अप्रत्यासित रुपमा ध्रुव थापा विजयी भएका छन् । पोखराबाट अटो व्यावसाय गर्दै आएका थापाले निकै लोकप्रिय ठानिएका करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।

विजयी थापाले १ हजार ४१३ मत ल्याएका थिए भने चौधरीले १ हजार ३४७ मत पाए । चुनावमा २ हजार ७८८ मत खसेको थियो । चौधरीको समूहबाट मिलनबाबु मल्ल, अनुप कुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया विजयी भएका छन् । यस्तै, निलमणि पाठक, बरदान बस्नेत र पंकज अग्रवाल पनि विजयी भएका छन् ।

थापाको समूहबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।