१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

एचआइभी सङ्क्रमितको मृत्युदर घट्दै

एचआइभी सङ्क्रमितको मृत्युदर घट्दै
अ अ+ अ-

भीमदत्तनगर । औषधिको नियमित प्रयोग र रोगप्रतिको सचेतनाका कारण कञ्चनपुरमा एचआइभी एड्स सङ्क्रमितहरुको मृत्युदर घट्दै गइरहेको छ ।
कञ्चनपुरमा २०६३ सालयता १२० जना एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ ।

महाकाली अञ्चल अस्पतालको ‘एआरटी’ शाखामा हालसम्म महिला, पुरुष र बालबालिका गरी ५०९ सङ्क्रमितहरु सम्र्पकमा आएको अञ्चल अस्पतालले जनाएको छ । “औषधिको नयाँ नयाँ आविष्कार, सङ्क्रमितहरुको नियमित औषधि सेवन र स्याहारका कारण बितेको ६÷७ वर्षयता मृत्युदर घटेको छ”, महाकाली अञ्चल अस्पताल ‘एआरटी’ शाखाप्रमुख नन्दराम भट्टले भन्नुभयो, “सरकारी तथा गैरसरकारी निकायबाट पनि पछिल्लो समय सङ्क्रमितलाई धेरै सुविधा र सहुलियत थपिएको छ ।”

उहाँले नाम दर्ता भएकामध्ये २९७ जना सङ्क्रमित नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “दर्तामा भएकामध्ये ५६ जना सम्र्पकविहीन छन्”, प्रमुख भट्टले भन्नुभयो, “३६ जना अन्यत्रबाट औषधि सेवन गरिरहेका छन् ।”

अस्पताल आउने सङ्क्रमितहरुलाई निःशुल्क औषधिका साथै हरेक महीना स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । “पहिले त सङ्क्रमितहरुमा पनि एचआइभी लाग्यो कि मृत्यु भइहाल्छ भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “अहिले त औषधिका कारण यो रोग सामान्य जस्तै छ ।”

त्यसैगरी बुबा÷आमाबाट एचआइभी सरेर सङ्क्रमित भएका ३७ जना बालबालिका नियमित औषधि सेवन गरिरहेका छन् । “यहाँ आउने आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरुलाई विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यातायात खर्चसमेत उपलब्ध हुँदै आएको छ”, प्रमुख भट्टले भन्नुभयो, “उहाँहरुको पोषणका लागि हरेक महीना प्रतिव्यक्ति पाँच किलोग्राम सर्वोत्तम पीठोसमेत दिइँदै आएको छ ।”

सङ्क्रमितहरुको स्वास्थ्य परीक्षण गरेर ‘भाइरल लोड’ अनुसारको औषधि दिइने गरेको छ । भट्टका अनुसार चालू आवको हालसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । “औषधिसँगै खानपिनको विशेष ध्यान दिन सके पूरा जीवन बाँच्न सकिन्छ”, उहाँले भन्नुभयो, “एचआइभी रोकथामका लागि पनि आवश्यक परामर्शहरु दिँदै आएको छौँ ।”

त्यसैगरी ‘एआरटी’ शाखामा औषधि सेवन गर्न आएकी भीमदत्तनगरकी एचआइभी सङ्क्रमित संविता विष्ट (नाम परिर्वतन) एचआइभीलाई आफू सामान्य रुपमा लिँदै आएको बताउँछिन् । “नबुझेसम्म गाह्रो हो”, उहाँले भन्नुभयो, “बुझेयता सामान्य लाग्छ ।” उहाँले सङ्क्रमित बालबालिकाहरुको शिक्षा र रोजगारीका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

“राज्यबाट औषधि उपचारदेखि अन्य हेरचाहमा सहयोग मिल्दै आएको छ”, विष्टले भन्नुभयो, “सङ्क्रमित बालबालिकाहरुलाई रोजगारी र प्राविधिक शिक्षाका लागि सहयोग चाहियो ।” नवआशा कञ्चनपुरमा आबद्धसमेत रहनुभएकी विष्टले सङ्क्रमितको मृत्युदर घटेको बताउँदै औषधि सेवनमा बेवास्ता गर्न नहुने बताउनुभयो ।

“हामीले थाहा पाउँदै पहिले सङ्क्रमितहरु धेरै मरे”, उहाँले भन्नुभयो, “अहिले त धेरै घटेको छ ।” नवआशा कञ्चनपुरमा २५० भन्दा बढी सङ्क्रमित आबद्ध छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता सुरेन्द्रप्रसाद पाण्डेले वित्तीय अनुशासनलाई ख्याल राखेर ल्याइएको बजेट नेपाली जनताको अपेक्षा र सही मार्गदर्शनअनुरुप भएको टिप्पणी गरे ।

पूर्वअर्थमन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्था भएकाले आगामी दिनमा पूँजीगत खर्च बढ्नेछ, सामाजिक सुरक्षासम्बन्धी नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउनेछ ।”

प्रमुख प्रतिपक्ष दलका मीन विश्वकर्माले अप्ठ्यारो र गलत दिशातर्फ उन्मुख रहेको यस पटकको बजेटले देशको विकास र जनताको हितमा योगदान दिन नसक्ने प्रतिक्रिया दिए । उनले भने, “राष्ट्रिय पूँजीको संरक्षण गर्ने विषयमा बजेट बोल्दैन, बजेटले आन्तरिक ऋण बढाउने पक्कापक्की भएको छ, भन्सार दर समायोजन त्रुटिपूर्ण छ ।

राजपाका राजेन्द्र महतोले ५१ प्रतिशत जनसङ्ख्या रहेको तराई –मधेशमा कति बजेट विनियोजन भएको छ भनी प्रश्न गर्दै बजेट विभेदकारी भएको धारणा व्यक्त गरे । उनले भने, “बजेट सङ्घीयता विरोधी ढङ्गबाट आएको छ, यसले सङ्घीयतालाई स्थायित्व दिन योगदान गर्दैन ।”

समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले सङ्घीयताको मर्म र भावनाविपरीत तथा प्रदेश र स्थानीय तहलाई अघि बढाउने पक्षमा बजेट नरहेको बताउँदै कार्यान्वयनको सुनिश्चितता कम रहेको टिप्पणी गरे ।

उनले भने, “सङ्घीयताको मर्मलाई पूर्ण आत्मसात् गर्न नसकेको बजेटले मातृभाषालाई उपेक्षा गरेको छ, प्रदेश र स्थानीय तहलाई साँघुरो बनाउने ढङ्ग देखाएको छ, समावेशिताको सिद्धान्तलाई बेवास्ता गरेको छ । विनियोजनका हिसाबले प्रदेशलाई विश्वविद्यालयजस्तो बनाउने ढङ्गबाट ल्याइएको छ ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले धनी र गरीब वर्गबीचको खाडल झनै बढाउने ढङ्गबाट बजेट आएको र यो झुटको पुलिन्दाको रुपमा रहेको बताए । उनले भने, “मजदूर, किसान र कामदारको पक्षमा बजेट छैन, कृषि, शिक्षा, स्वास्थ्यमा बजेटले ध्यान दिएको छैन ।

दलित र विपन्नलाई छात्रवृत्ति दिन माग

राष्ट्रियसभामा आजदेखि बजेटमाथि सामान्य छलफल शुरु भएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७६र७७ राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल शुरु गरेका हुन् ।

सांसद राधेश्याम अधिकारीले सङ्घीयतामा विकासको आधारभूत काम स्थानीय तह र प्रदेशतहबाट हुनुपर्नेमा सुझाव दिए । उनले शिक्षामा जम्मा बजेटको १०।६ प्रतिशत छुट्याए पनि दलित र विपन्नलाई छात्रवृत्ति दिने कुरा संविधानमा व्यवस्था गरेपछि सोअनुसार गर्नुपर्ने सुझाव दिए ।

सांसद अधिकारीले सामुदायिक विद्यालयलाई बलियो बनाउनका लागि स्थानीय तहसँग पनि साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै कृषि अनुसन्धान केन्द्रमा आएका निष्कर्ष कृषकमा पु¥याउन जरुरी रहेको बताए । मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास र अतिथिगृह बनाउनुपर्ने आवश्यकता अहिले नरहेको उनको भनाइ थियो ।

सांसद डा।विमला पौडेलले बजेट अनुशासित र सन्तुलित भएको र साहै्र महत्वाकाङ्क्षी नभई राजश्वले नै चालू खर्च चल्ने खालको भएको टिप्पणी गरे । उनले आर्थिक वृद्धि र सामाजिक सुरक्षाका विषय निकै महत्वपूर्ण रहेको र करको फराकिलो दायरामा सुधार हुँदै गएको बताए ।

सांसद पौडेलले ठूला परियोजनालाई पनि उच्च प्राथमिकता राखिनु राम्रो भएको उल्लेख गर्दै शिक्षाका पूर्वाधार, शैक्षिक वातावरण र उत्प्रेरणामा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद दिलकुमारी रावलले बजेटले सबैलाई समेटेको र मुख्य गरी गर्भवती र सुत्केरीलाई हवाईजहाजमार्फत उद्धार गर्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । बजेटमाथि छलफल जारी छ ।