६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्र दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले यस्ता विभेदको अन्तय गरेर संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरे.। ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष दाहालले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे ।