६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको विजयी सुरुवात, करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि अष्ट्रेलियासँग पराजित भएको अफगानिस्तान फेरि श्रीलंकासँग पराजित भएको हो । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्यो ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका नुवान प्रदीपले ३१ रन खर्चेर चार विकेट लिए । लासिथ मालिंगाले तीन विकेट लिए । आफ्नो वन डे करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६।५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर मात्रै बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । ७ जना ब्याट्सम्यानले त दोहोरो अंकको स्कोर नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको छ । यसअघि भएको खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।