६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर पीडितलाई आर्थिक सहयोग



अ+ अ-

दमौली । क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो ।

वडाध्यक्ष लामिछानेले भन्नुभयो, “क्यान्सर पीडित रेग्मीको उपचारार्थ सहयोग सङ्कलन अभियानलाई स्थानीयस्तरमा समेत जारी राखेका छौँ”, रेग्मीकी श्रीमती अप्सराले घरको अवस्था नाजुक रहेकाले आफ्ना श्रीमान्को उपचारमा सहयोग गर्न आग्रह गर्दै उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउनुभयो ।