६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा बन्दूक आक्रमणमा परी चारको मृत्यु



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन् ।

अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’का अनुसार नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको गोलि कान्डको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्न स्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो ।