६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाका कार्यकताहरुले मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरे



अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।

लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेका हुन् ।

मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए ।

पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो ।

उनिहरुले मधेशी, आदीवासी, सामावेशी लगाएतको कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै विरोध जनाएका थिए । संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गरेका छन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका छन् । मन्त्री पण्डितले यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले राजीनामा माग गरेका हुन् ।

युवाहरुले करिब २० मिनेट सम्म सडक जाम समेत गरेका थिए ।