१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाका कार्यकताहरुले मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरे



अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।

लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेका हुन् ।

मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए ।

पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो ।

उनिहरुले मधेशी, आदीवासी, सामावेशी लगाएतको कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै विरोध जनाएका थिए । संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गरेका छन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका छन् । मन्त्री पण्डितले यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले राजीनामा माग गरेका हुन् ।

युवाहरुले करिब २० मिनेट सम्म सडक जाम समेत गरेका थिए ।