३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको नाक भाँच्न १० करोड बजेट छुट्याउने मेयरलाई आत्मआलोचना गर्न नेकपाका नेताहरुको सुझाव



अ+ अ-

काठमाडौं । ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले आत्मआलोचना गर्न सुझाव दिएका छन् ।

सार्वजनिक अभिव्यक्तिका कारण सामाजिक संवाल र मिडियाहरुमा आलोचित बनेका मेयर चौधरीलाई आज प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले आत्मआलोचना गर्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् ।

‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्’ मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुबै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन् । भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मआलोचना गरी पदीय गरिमा र पार्टीको प्रष्तिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई बिनम्र अनुरोध गर्दछु ।’

यता बिभिन्न कार्यक्रमा मेयर चौधरीले नेकपाको कार्यकर्ता हो इटहरीमा मेरो शासन चल्छ । पत्रकारको नाकको हड्डी भाँच्न १ करोड हैन १० करोड खर्च गर्छु । अब दादागिरी चल्छ यो कानुन अदालत सबै देखाउने मात्र हो । धेरैलाई ठिक पारे अझै ठिक पार्छु । मलाई कसले के गर्न सक्छ भनेर ओपन च्यालेन्ज गरेका छन् ।