१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विश्वकपलाई आफ्नो करियरको सबैभन्दा कठिन परीक्षाको रुपमा लिएको छु : कप्तान कोहली

विश्वकपलाई आफ्नो करियरको सबैभन्दा कठिन परीक्षाको रुपमा लिएको छु : कप्तान कोहली
अ अ+ अ-

काठमाडौं । भारतका कप्तान विराट कोहलीले यस विश्वकपलाई आफ्नो करियरको सबैभन्दा कठिन परीक्षाको रुपमा लिएको बताएका छन् ।

उपाधिको दाबेदार मानिएको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नु पूर्व उनले आजको खेल सहज नहुने बताएका हुन् ।

‘दक्षिण अफ्रिकी टोली खतरनाक टिममा पर्छ। हामी कसैलाई हलुका ढंगले लिदैनौं। हामी आफूलाई बलियो पार्नेमा अझ बढि ध्यान दिनेछौं। हामीलाई यसैको आवश्यक्ता छ’, कोहलीले भने।

यसैगरी कोहलीले आफ्ना टोलीका महत्वपूर्ण सदस्य कुलदीप यादवले नेटमा आराम्रो प्रदर्शन गरिरहेकाले उनी विश्वकप टोलीमा रहेको बताए।

‘हामीले टोलीलाई सन्तुलन दिने खेलाडीको छनौट गरेका छौं। केदार पनि छन्, उनी नेटमा फर्किसकेका छन्,’ कोहलीले भने।

सन् २०११ मा विश्वकप जित्दा कोहली टोलीका महत्वपूरण सदस्य थिए। सन् २०१५ मा पनि उनले विश्वकप खेले। यसपटक उनी तेश्रो पटक विश्वकप खेल्दैछन्।

उनको कप्तानीमा रहेको भारतलाई यस पटकको उपाधिको प्रवल दाबेदार राष्ट्रका रूपमा हेरिदैं आएको छ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

भारत टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्ड्रिक्स, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।