६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको भारतीय विमान, चीनमाथि शंका



अ+ अ-

काठमाडौं । ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको एएन–३२ भारतीय विमान ४२ घण्टासम्म पनि पत्ता लाग्न सकेको छैन् ।

चीनको सीमा नजिकैबाट विमान बेपत्ता हुँदा धेरैले चीनमाथि शंका गरेका छन् ।आठ चालक दलका सदस्य र ५ यात्रु रहेको भारतीय वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि सोमबार १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको बताइएको छ । रक्षा मंत्रालयले चालक दलसँग १ बजे अन्तिम सम्वाद भएको बताएको छ ।

तर विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै पत्ता लागेको छैन् । खराब मौसमका कारण सर्च अपरेशनमा समस्या भइरहेको छ । सेटलाइट, स्पाई एयरक्राफ्ट, फायटर प्लेन, हेलिकोप्टर र सेनाका जवानले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।

यता इंडो–तिब्बती सीमा पुलिस, सिमाना सडक संगठनलाई पनि खोजीका लागि सुचना गरिएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार हराइरहेको विमान एएन–३२ मा आधुनिक एभियोनिक्स, रडार वा आपतकालीन लोकेटर ट्रान्समिटर (एएलटी) थिएन । संचार माध्यमहरुका अनुसार प्राविधिक गडबडीका कारण विमान आफ्नो बाटोबाट भड्किएको हुनसक्ने अनुमान लगाएका छन् ।

तीन वर्ष अघि पनि सन् २०१६ मा यस्तै प्रकृतिको विमान (एएन–३२) बंगालको खाडीमाथिबाट हराएको थियो । तर अहिलेसम्म पनि त्यसबारे केही पत्ता लाग्न सकेको छैन ।