१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको भारतीय विमान, चीनमाथि शंका

४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको भारतीय विमान, चीनमाथि शंका
अ अ+ अ-

काठमाडौं । ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको एएन–३२ भारतीय विमान ४२ घण्टासम्म पनि पत्ता लाग्न सकेको छैन् ।

चीनको सीमा नजिकैबाट विमान बेपत्ता हुँदा धेरैले चीनमाथि शंका गरेका छन् ।आठ चालक दलका सदस्य र ५ यात्रु रहेको भारतीय वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि सोमबार १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको बताइएको छ । रक्षा मंत्रालयले चालक दलसँग १ बजे अन्तिम सम्वाद भएको बताएको छ ।

तर विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै पत्ता लागेको छैन् । खराब मौसमका कारण सर्च अपरेशनमा समस्या भइरहेको छ । सेटलाइट, स्पाई एयरक्राफ्ट, फायटर प्लेन, हेलिकोप्टर र सेनाका जवानले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।

यता इंडो–तिब्बती सीमा पुलिस, सिमाना सडक संगठनलाई पनि खोजीका लागि सुचना गरिएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार हराइरहेको विमान एएन–३२ मा आधुनिक एभियोनिक्स, रडार वा आपतकालीन लोकेटर ट्रान्समिटर (एएलटी) थिएन । संचार माध्यमहरुका अनुसार प्राविधिक गडबडीका कारण विमान आफ्नो बाटोबाट भड्किएको हुनसक्ने अनुमान लगाएका छन् ।

तीन वर्ष अघि पनि सन् २०१६ मा यस्तै प्रकृतिको विमान (एएन–३२) बंगालको खाडीमाथिबाट हराएको थियो । तर अहिलेसम्म पनि त्यसबारे केही पत्ता लाग्न सकेको छैन ।