६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सिंहदरबारमा रोपे एभोकाडोको विरुवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा एभोकाडोको विरुवा रोपेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरूवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन्।

सिंहदरबार परिसरमा उनले एभोकाडोको बिरूवा रोपेका छन्। परिसरमा २८ वटा एभोकाडोको बिरूवा रोपिएका छन्।

‘एक नेपाली, एक फलफूलका बिरूवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढलाल, खानेपानी मन्त्री बिना मगरलगायतले पनि सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपका छन् ।

सरकारले आगामी वर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

सरकारले कृषि वनको विस्तार गर्न भनेर सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति लिएको छ ।

सोही नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लम्जुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबै भन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो ।