१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

साँझतिर मेघ गर्जनसहित वर्षाको सम्भावना

साँझतिर मेघ गर्जनसहित वर्षाको सम्भावना
अ अ+ अ-

काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ।

पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उनले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमिन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताए।

शनिबार, आइतबार, सोमबार र मंगलबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा भउको थियो । नेपालमा सामान्यतया जुन १० बाट मनसुन सुरु हुन्छ। तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ।

३ दिनको मौसमी विवरण

काठमाडौं उपत्यकामा पनि केहीबेर मौसम खुलेको जस्तो भएर फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्हरुले बताएका छन् ।

उपत्यकामा भने फाट्फुट् पानी पर्ने सम्भावना छ । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

जेठ २२ गते (बुधबार)-

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २३ गते (बिहिबार)-

दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थान र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २४ गते (शुक्रबार)-

दिउँसोस् देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिस् देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।