६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्र वेपत्ता



अ+ अ-


जाकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।

शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गईरहेको थियो ।


चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य जारी रहेको बताइएको छ ।