१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
अ अ+ अ-

वासिङ्टन । ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ ।

अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ । क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाएने र मानवीय सङ्कट निम्त्याएको अमेरिकी भनाई छ ।

क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताउनुभयो ।

क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल भइछाड्ने दाबी गर्नुभयो ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो ।

सन् २०१४ मा गरिएको यस व्यवस्थाबाट आधा शताब्दीदेखि जारी अमेरिकी व्यापार नाकाबन्दी केही खुकुलो भएको थियो । तर अमेरिकी सरकारले लगाइआएका कतिपय प्रतिबन्धले पूर्ण रुपमा व्यापार सहजीकरण हुन सकेको थिएन ।