१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सरकारले ब्रम्हलुट मच्चायो, काँग्रेस सशक्त हुनुको विकल्प छैन– डा.महत

सरकारले ब्रम्हलुट मच्चायो, काँग्रेस सशक्त हुनुको विकल्प छैन– डा.महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । उनले भने– देशमा कम्युनिष्ट सरकार सत्ता रहँदासम्म समृद्धि आउदैन, सरकारले समृद्धिको बाटो लिएकै छैन ।


नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नम्बर ५ द्धारा बुधबार आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै डा.महतले निर्वाचनका समयमा कम्युनिष्टहरुका झूठा आश्वासन र कुराले मात्र उनीहरु सत्तामा आएका र उनीहरुबारे अब जनताले सबैकुरा थाहा पाइसकेका बताए ।


उनले भने ‘अहिले संसारमा कतै कम्युनिष्ट सत्ता छैन, भारतमा पनि केही थिए हालैको निर्वाचनमा सकिए र अब नेपालका कम्युनिष्टको प्रोपोगाण्डाका बारेमा पनि नेपाली जनता सचेत भइसकेका छन्, यस्तै अधिनायकवादी शासन शैली हो भने नेपालबाट पनि चाँडै सकिन्छन् ।


कम्युनिष्टहरुको काम भनेकै पूरा नहुने सपनाहरु बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले गरेको छ, त्यसैले यो सरकारबाट देशमा समृद्धि आउँदैन भन्नेमा काँग्रेसमात्र होइन, सिंगो देश नै जानकार भइसकेको छ– डा.महतले भने ।


सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएको आरोप लगाए ।


उनको भनाई थियो– अहिले आएर स्पष्ट भएको छ कि चुनाव ताकाको उनीहरुको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ र आज एकपछि अर्काेगरी बाहिर आएको छ ।


सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसको जागरण अभियानले अब यिनै कुरा गाउँ गाउँमा पुगेर जनतालाई बुझाउनुपर्छ, काँग्रेसमा अब सशक्त रुपमा जागरण ल्याउनुपर्छ भने । यो सरकारबाट वर्षदिनमै जनता आजित भइसकेकोले अब देशमा काँग्रेस सशक्त हुुनुको विकल्प छैन– उनको भनाई थियो ।


नेपाली काँग्रेसका हरेक कार्यकर्ताहरु जबसम्म यो सरकार सत्तामा रहन्छ, त्यतिन्जेल देशमा समृद्धि र स्वतन्त्रता सम्भव छैन भन्ने निष्कर्षमा पुगिसकेको तर देशैभरि पुगेर जनतालाई बुझाउन नसकेको उनको भनाई थियो । उनले ले यो सन्देश लिएर गाउँ गाउँसम्म पुग्न सबै कार्यकर्तालाई आग्रह पनि गरे ।


उनले काँग्रेसका कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे । नेपाली काँग्रेसका साथीहरुले यो सरकारको सर्वसत्तावादविरुद्ध लाग्ने बेला भएको छ उनले भने । हामी आफै बलियो छौँ तर पनि काँग्रेसले काँग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने प्रवृत्तिका कारण हामीले मार खाएका छौँ, यो कुरालाई अब बेलैमा मनन् गरौँ, जागरणमा लागौँ र काँग्रेसलाई नयाँ उर्जा दिउँ– उनको भनाई थियो ।


उनले काँग्रेस आफै एक भएर अघि बढ्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउन काँग्रेसलाई कसैले पनि रोक्न नसक्ने जिकीर गरे । कम्युनिष्टका फोस्रा नारा र आश्वासन जनताले भोगिसकेका, देखिसकेका छन्, त्यसैले अब काँग्रेसले एक भएर देशलाई नेतृत्व दिन अघि बढ्नुपर्छ, उनले भने ।