६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेल स्टेन टोलिबाट बाहिरिए, क्रिकेटबाट सन्यास लिने अनुमान



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन घाईते भएर टोलिबाट बाहिरिएका छन् । उनको विश्वकप यात्रा यहीं सकिएको छ। १ सय २५ एकदिवसीय अन्तराष्ट्रीय खेलिसकेका ३६ बर्षिय स्टेनको यो चोट क्रिकेट जिवनको सन्यासको बाटो हुनसक्छ।

आईपिएलको १२ औं संस्करणमा काँधमा लागेको चोट ठीक नभएपछि उनले विश्वकप गुमाएका हुन्। यसअघि उनीलाई ठीक हुने अनुमान गरिएको थियो। चोटका कारण नै उनले जारी विश्वकपका सुरूवाती दुई खेल पनि खेलेका थिएनन्।

अब उनको सट्टामा दक्षिण अफ्रिकाले ब्यूरोन हेंडरिक्सलाई ल्याउने भएको छ।आईसिसीको प्राविधिक समितिले स्टेनको सट्टा हेंडरिक्सलाई ल्याउने अनुमति दिएको छ।

मध्य गतिका देब्रे हाते बलर हेन्ड्रिक्स दक्षिण अफ्रिकाका लागि २ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

१ सय २५ एकदिवसीयमा १ सय ९६ विकेट लिईसकेका स्टेन टोलीमा नहुनुले उनको अनुभवको पाईदा अफ्रिकाले नपाउने भएको छ। दक्षिण अफ्रिकालाई स्नका अलावा लुंगी नगिदीको कमी पनि महसुस हुनेछ। माश्वेशीमा आएको समस्याका कारण उनी १० दिनका लागि टोली बाहिर रहनेछन्।

उनी बंगलादेशविरूद्धको खेलमा घाइते भएका थिए।टिमका व्यवस्थापक मोहम्द मोसाजीले यसको पुष्टि गरेका हुन्।

यता विश्वकपका लागि टिममा परेका फाष्ट बलर एनरिच नोरट्जे चोटकै कारण बाहिरिएका छन् । उनको स्थानमा अलराउण्डर क्रिस मोरिसलाई टिममा बोलाइएको छ ।

क्लोज क्याम्पमा अभ्यास गर्दा उनको दाहिने हातको बुढी औला भाँचिएको छ । उनी पूर्ण ठीक हुनका लागि ६ देखि ८ साता लाग्ने भएको हुँदा विश्वकपबाट बाहिरिएका हुन् ।

२५ वर्षीय एनरिचले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गत मार्चमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । श्रीलंकाविरुद्धको सिरिजमा चार खेलबाट ८ विकेट लिएपछि उनीमाथि टिमले विश्वास लिएको थियो ।

उनको स्थानमा क्रिस मोरिसलाई ल्याउनु उपयुक्त विकल्प भएको क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ । ३४ एकदिवसीय क्रिकेट खेल खेलेका बलिङ अलराउण्डर क्रिस मोरिसले ३९३ रन बनाएका छन् । बलिङतर्फ भने उनले ३४ एकदिवसीय खेलबाट ३५ विकेट लिएका छन् ।

जारी विश्वकपमा दुई खेल खेलेको अफ्रिका दुवै खेलमा पराजित भएर दवाबमा रहेको छ।

दक्षिण अफ्रिका टिम

फाफ डु प्लेसिस (कप्तान), जेपी डुमिनी, डेभिड मिल्लर, एनडिल फेहलुक्वायो, इमरान ताहिर, कागिसो रबडा, ड्वाइन प्रेटोरियस, डी कक, क्रिस मोरिस, लुंगी नगिडी, एइडेन मरक्रम, रसिइ भान डेर डुसेन, हसिम अमला र तब्राइज शाम्सी ।