१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डेल स्टेन टोलिबाट बाहिरिए, क्रिकेटबाट सन्यास लिने अनुमान

डेल स्टेन टोलिबाट बाहिरिए, क्रिकेटबाट सन्यास लिने अनुमान
अ अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन घाईते भएर टोलिबाट बाहिरिएका छन् । उनको विश्वकप यात्रा यहीं सकिएको छ। १ सय २५ एकदिवसीय अन्तराष्ट्रीय खेलिसकेका ३६ बर्षिय स्टेनको यो चोट क्रिकेट जिवनको सन्यासको बाटो हुनसक्छ।

आईपिएलको १२ औं संस्करणमा काँधमा लागेको चोट ठीक नभएपछि उनले विश्वकप गुमाएका हुन्। यसअघि उनीलाई ठीक हुने अनुमान गरिएको थियो। चोटका कारण नै उनले जारी विश्वकपका सुरूवाती दुई खेल पनि खेलेका थिएनन्।

अब उनको सट्टामा दक्षिण अफ्रिकाले ब्यूरोन हेंडरिक्सलाई ल्याउने भएको छ।आईसिसीको प्राविधिक समितिले स्टेनको सट्टा हेंडरिक्सलाई ल्याउने अनुमति दिएको छ।

मध्य गतिका देब्रे हाते बलर हेन्ड्रिक्स दक्षिण अफ्रिकाका लागि २ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

१ सय २५ एकदिवसीयमा १ सय ९६ विकेट लिईसकेका स्टेन टोलीमा नहुनुले उनको अनुभवको पाईदा अफ्रिकाले नपाउने भएको छ। दक्षिण अफ्रिकालाई स्नका अलावा लुंगी नगिदीको कमी पनि महसुस हुनेछ। माश्वेशीमा आएको समस्याका कारण उनी १० दिनका लागि टोली बाहिर रहनेछन्।

उनी बंगलादेशविरूद्धको खेलमा घाइते भएका थिए।टिमका व्यवस्थापक मोहम्द मोसाजीले यसको पुष्टि गरेका हुन्।

यता विश्वकपका लागि टिममा परेका फाष्ट बलर एनरिच नोरट्जे चोटकै कारण बाहिरिएका छन् । उनको स्थानमा अलराउण्डर क्रिस मोरिसलाई टिममा बोलाइएको छ ।

क्लोज क्याम्पमा अभ्यास गर्दा उनको दाहिने हातको बुढी औला भाँचिएको छ । उनी पूर्ण ठीक हुनका लागि ६ देखि ८ साता लाग्ने भएको हुँदा विश्वकपबाट बाहिरिएका हुन् ।

२५ वर्षीय एनरिचले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गत मार्चमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । श्रीलंकाविरुद्धको सिरिजमा चार खेलबाट ८ विकेट लिएपछि उनीमाथि टिमले विश्वास लिएको थियो ।

उनको स्थानमा क्रिस मोरिसलाई ल्याउनु उपयुक्त विकल्प भएको क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ । ३४ एकदिवसीय क्रिकेट खेल खेलेका बलिङ अलराउण्डर क्रिस मोरिसले ३९३ रन बनाएका छन् । बलिङतर्फ भने उनले ३४ एकदिवसीय खेलबाट ३५ विकेट लिएका छन् ।

जारी विश्वकपमा दुई खेल खेलेको अफ्रिका दुवै खेलमा पराजित भएर दवाबमा रहेको छ।

दक्षिण अफ्रिका टिम

फाफ डु प्लेसिस (कप्तान), जेपी डुमिनी, डेभिड मिल्लर, एनडिल फेहलुक्वायो, इमरान ताहिर, कागिसो रबडा, ड्वाइन प्रेटोरियस, डी कक, क्रिस मोरिस, लुंगी नगिडी, एइडेन मरक्रम, रसिइ भान डेर डुसेन, हसिम अमला र तब्राइज शाम्सी ।