६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्दा नदिएको भन्दै रौतहटमा मेयर कुटिए



अ+ अ-

रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् ।

मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो ।

स्थानीय शेख निषाधले चन्दा मागेको र प्रमुखले दिन्न भनेपछि तत्कालै उनले आक्रमण गरेको जनाएको छ।

राजपुर नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरका अनुसार आक्रमण गर्ने युवाहरूले अख्तरको टाउकोमा टर्च लाइटले प्रहार गरेर घाइते बनाएपछि उनलाई गएराति नै जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगन्ज लगिएको थियो। आक्रमण गर्ने युवाहरू फरार छन्। मेयर अख्तरको टाउको र आँखामा गहिरो चोट लागेको छ।

मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।

मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । घटनापछि अहिले राजपुरमा जिल्ला प्रहरी कार्यालय गौरबाट पनि प्रहरी पठाएर आक्रमणकारीको खोजी भइरहेको डिएसपी कार्कीले बताए ।