६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा आठ अर्धसैनिकको मृत्यु



अ+ अ-

कायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।

चिकित्सकहरुले आक्रमणबाट आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

सुरक्षा अधिकरीहरुकाअनुसार आतङ्ककारी समूहले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो । इजिप्टमा राष्ट्रपति मोहमद मोर्सीलाई सैनिकले अपदस्थ गरेयता आतङ्ककारीहरुको आक्रमणमा परी सयौँ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।

बुधबार बिहान सबेरै भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
विशेषगरी उत्तरी सिनाईमा सन् २०१८ को फेब्रुअरीदेखि सरकारी सुरक्षाफौजले आतङ्ककारीविरुद्ध भीषण आक्रमण शुरु गरेको थियो ।

सन् २०१८ को फेब्रुअरीदेखि हालसम्म यस कारबाहीमा परी ६५० भन्दा बढी आतङ्ककारी मारिएका छन् । त्यसैगरी यस कारबाहीको क्रममा ५० सैनिकको पनि ज्यान गएको छ ।