६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ



अ+ अ-

हेटौँडा । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१ बाट सोहि ठाँउ बस्ने ३१ वर्षीय मिलन परियारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको जनाइएको छ ।

पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।