६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफाका अध्यक्ष इन्फान्टिनोलाई एन्फाले ढाका टोपी उपहार दियो



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गिएनी इन्फान्टिनोलाई ढाका टोपी उपहार दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजित फिफा कांग्रेसमा भाग लिन पुगेका एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष इन्फान्टिनोलाई ढाका टोपी लगाइदिएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली ढाका टोपी लगाइ दिएपछि फिफा अध्यक्ष इन्फान्टिनोसँग एन्फा पदाधिकारीले फोटो खिचाएका छन् ।

तस्बिरमा अध्यक्ष इन्फान्टिनोसहित एन्फा अध्यक्ष शेर्पा, एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले फोटो खिचाएक छन् ।

फिफा कङ्ग्रेसमा सहभागी हुन एन्फा टोली गत सोमबार फ्रान्स प्रस्थान गरेको थियो ।