६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई हराउदै आर्मी फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । विभागीय टिम आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

३१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो ।

प्रदेश ३ का लागि इशान पाण्डेले ७९ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, ज्ञानेन्द्र मल्लले २६ रन बनाउँदा कप्तान पारस खड्काले १९ र नन्दन यादवले अविजित १८ रन बनाए ।

यता बलिङतर्फ शाहब आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएपछि प्रदेश तीनले ठूलो लक्ष्य पाएको थियो । आर्मीको लागि कप्तान विनोद भण्डारीले अविजित ७५ रन बनाए ।

त्यस्तै, ओपनर राजु रिजालले ५१ रन बनाए । यता रोहित कुमार पौडेलले भने ४३ रन बनाउँदा हरि चौहानले ३८ रनको योगदान दिए । बलिङतर्फ जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २–२ विकेट लिए ।

आर्मीले अब उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।