६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेपी डुमिनी ३ रनमै आउट, जस्प्रित बुमराह र चाहालले लिए समान दुईदुई विकेट



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाले पहिलो विकेट हसिम अमलाको गुमाएको थियो । अमला ब्यक्तिगत ६ रन बनाउदै जस्प्रित बुमराहको बलमा रोहित शर्माको क्याचबाट आउट भएका थिए । यता डी कक पनि बुमराहकै बलमा आउट भए । कक ब्यक्तिगत १० रन बनाउदै कप्तान बिराट कोहलीको हातबाट क्याच आउट भए ।

त्यस्तै फाफ् डु प्लेसिस ३८ रनमा युजभिन्द्र चाहालको बलमा आउट भए । रसिइ भान डेर डुसेन पनि २२ रन बनाउदै चाहालकै बलमा आउट भए । कुलदीप यादवले जेपी डुमिनीलाई ३ रनमा आउट बनाए ।

यो समाचार बनाउदासम्म दक्षिण अफ्रिकाले २६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०५ रन बनाएको छ ।

जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

भारत  प्लेइङ इलाभेन

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल,  जस्प्रित बुमराह, शिखर धवन, भुवनेश्वर कुमार
र हार्दिक पाण्ड्या।