१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले ७ विकेट गुमायो, चाहाल एक्लैले लिए चार विकेट



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाले पहिलो विकेट हसिम अमलाको गुमाएको थियो । अमला ब्यक्तिगत ६ रन बनाउदै जस्प्रित बुमराहको बलमा रोहित शर्माको क्याचबाट आउट भएका थिए । यता डी कक पनि बुमराहकै बलमा आउट भए । कक ब्यक्तिगत १० रन बनाउदै कप्तान बिराट कोहलीको हातबाट क्याच आउट भए ।

त्यस्तै युजभिन्द्र चाहालले चार विकेट लिए । चाहालले फाफ् डु प्लेसिसलाई ३८, रसिइ भान डेर डुसेनलाई र डेभिड मिलरलाई ३१ र एन्डिल फेहलुकवाओलाई ३४ रनमा आउट पारे । यता कुलदीप यादवले जेपी डुमिनीलाई ३ रनमा आउट बनाए ।

यो समाचार बनाउदासम्म दक्षिण अफ्रिकाले ३९.४ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १५८ रन बनाएको छ ।

जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

भारत  प्लेइङ इलाभेन

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल,  जस्प्रित बुमराह, शिखर धवन, भुवनेश्वर कुमार 
र हार्दिक पाण्ड्या।




भर्खरै