६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : रोहितको अविजित शतकसँगै अफ्रिकामाथि भारतको शानदार जित



अ+ अ-

काठमाडौं । भारतले विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । बुधबार इंग्ल्यान्डको साउथह्याम्पटनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

२ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्माको अविजित शतकसँगै ४७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जितसँगै भारतले विश्वकपमा सुखद सुरुवात गरेको छ ।

रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहँदै एक दिवसिय करियरको २३ औं शतक पुरा गरेका हुन् । त्यस्तै हार्दिक पान्ड्या ७ बलमा ३ चौका सहित १५ रन बनाउँदै भारतलाई जिताएर अविजित रहेका थिए ।

त्यस्तै ओपनर शिखर धवन ८, कप्तान विराट कोहलीलाई १८, लोकेश राहुल ३० र महेन्द्र सिंह धोनी ३४ रनमा आउट भए ।

दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो ।

यस अधि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । त्यस्तै कागिसो रबडाले अविजित ३१ र रसिइ भान डेर डुसेनले २२ रन बनाए ।

क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै इनिङ उकासेपछि दक्षिण अफ्रिकाले मध्यम स्कोर बनाउन सकेको हो ।

बलिङतर्फ भारतका युजवेन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुम्राह र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । भारतको भने जारी विश्वकपमा यो पहिलो खेल हो ।