१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेसन्स लिग : रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा

नेसन्स लिग : रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा
अ अ+ अ-

काठमाडौं । पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । पोर्चुगललाई फाइनलमा पुर्‍याउन तीन गोल कप्तान क्रिष्टियानो रोनाल्डोले गरे ।

खेलको २५ औ मिनेटमा फ्रिकिकबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको गोलमा पोर्चुगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा थप दुई गोल गर्दा स्वीट्जरल्यान्डले एक गोल फर्काउन सफल भयो ।

रिचार्डो रोड्रिग्वेजले ५७ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्न सफल भए । खेलको ८८ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ९०औं मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे भने पोर्चुगललाई ३१ गोलको जित दिलाउँदै फाइनलमा पुर्‍याए । पोर्चुगलले उपाधिका लागि अब इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।