१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली ,दाहाल र नेपाल एउटै मञ्चमा



अ+ अ-

काठमाडौ।नेपाली कांग्रेसले आफ्नो  १४ औँ महाधिवेशनको उद्घाटन मञ्चमा पार्टी फुटपछि तीनतिर उभिएका कम्युनिष्ट नेताहरुलाई आमुन्ने–सामुन्ने बनाउदै छ । नेकपा हुदै एमाले सम्म बिभाजन पछि सम्बाद हिनताको अबस्थामा रहेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् ।  

एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति देउवा सहभागी हुनु भएको थियो भने माओबादी अध्यक्ष दाहालले आफ्नो गृहजिल्लामा भएको कार्यक्रममा सहभागीता जनाउनु भएको थिएन । माओबादीका तर्फबाट स्थायी कमिटी सदस्य लिलामणी पोखरेल उपस्थित हुनु भएको थियो ।  एमालेले नेकपा एकिकृत समाजबादीलाई पार्टीका रुपमा स्वीकार नै गरेको छैन । जसका कारण महाधिबेशनका आमन्त्रण नै गरेको थिएन ।

एमालेको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा पुरै समय बस्नु भएको थियो । उहाँले सम्बोधन गर्ने क्रममा  ओली आफ्नो जेलमेट रहेको भन्दै लोकतन्त्रको दीर्घ जीवनका लागि कांग्रेस–कम्युनिस्ट मिल्नुपर्ने बताउनु भएको थियो ।

उता  ओलीलेपनि   प्रचण्ड र नेपालले खुट्टा तानिरहेकै कारण अहिलेको सरकारले सोचेजस्तो काम गर्न नसकेको टिप्पणी गर्नुभएको थियो । एकै पार्टीका रहेका तर पछि अलग अलग भएका ओली–प्रचण्डबीच एक बर्ष देखी औपचारिक भेट भएको छैन भने एमाले बिभाजन यता ओली–नेपाल पनि भेट छैन ।