३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विरूवा रोपियो



अ+ अ-

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ । वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो ।

“स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक वन क्षेत्र रोजेको हो ।

डिभिजन वन झापाका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षता तथा प्रदेश संसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।